सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक गर्‍यो

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि सरकारको आय–व्यय विवरण सार्वजनिक गरेका हुन्।

Navadurga sun

बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८ प्रतिशत), पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन गरिएको छ।

सरकारले बजेटको स्रोतका रूपमा राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ जुटाउने लक्ष्य राखेको छ। त्यस्तै वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब र आन्तरिक ऋणबाट ४ खर्ब १९ अर्ब रुपैयाँ परिचालन गरिने बताइएको छ।

चालु आर्थिक वर्षमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरिएको थियो। आगामी बजेट अघिल्लो वर्षको तुलनामा करिब २५ प्रतिशतले बढी भएको बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...