आर्थिक वर्ष २०८३/८४ मा ऊर्जा क्षेत्रमा ठूलो फड्को: १,०४० मेगावाट थपिँदै

आगामी आर्थिक वर्षमा जलविद्युतबाट ६७० मेगावाट र सौर्य ऊर्जाबाट ३७० मेगावाट गरी कुल १,०४० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिने भएको छ। यससँगै देशको कुल जडित विद्युत क्षमता ५,५३५ मेगावाट पुग्ने सरकारको लक्ष्य छ।

Dadeldhura hospital

सरकारले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने जनाएको छ। साथै निर्माणाधीन तनहुँ जलाशययुक्त आयोजना, माथिल्लो मोदी ‘ए’, माथिल्लो मोदी, माथिल्लो त्रिशूली र बुढीगंगा जलविद्युत आयोजनाको निर्माणलाई तीव्रता दिइनेछ।

Navadurga sun
Godawari sandesh

यस्तै, ७७ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया सुरु गरिने भएको छ। सरकारका अनुसार ४१७ मेगावाटको नलगाड, ४९० मेगावाटको अरुण–४, २८१ मेगावाटको नौमुरे तथा ४३९ मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजनाको निर्माण प्रक्रिया पनि अघि बढाइनेछ।

Loading...