चलचित्र ‘कुम्भ’ जेठ १५ देखि प्रदर्शनमा आउने, दर्शकलाई फिल्म हेर्न आग्रह

धनगढी- नेपाली कथानक चलचित्र ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। प्रचारप्रसार अभियानअन्तर्गत कलाकार रोबर्ट सिंह बडेला धनगढी पुगेका हुन्।

Ganyapdhura gau

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बडेलाले चलचित्र नेपाल तथा भारतका विभिन्न सहरमा छायांकन गरिएको जानकारी दिए। उनले फिल्मको कथा, प्रस्तुति र निर्माण पक्ष दर्शकले मन पराउने विश्वास व्यक्त गर्दै दर्शकलाई हलमै पुगेर चलचित्र हेर्न आग्रह गरे।

Navadurga sun
Dadhaldhura pur

उनले ‘कुम्भ’सँग काम गर्दाको अनुभव निकै उत्साहजनक र स्मरणीय रहेको बताउँदै चलचित्रमा आफ्नो भूमिका विशेष रहेको उल्लेख गरे। दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुनेमा आफू आशावादी रहेको उनको भनाइ थियो।

रणधीर श्रेष्ठ को निर्देशनमा निर्माण गरिएको यो चलचित्र एक्सन जनरामा आधारित छ। फिल्ममा वरिष्ठ अभिनेता सुनील थापा सहित अशोक आर्यन, रोहित रुम्बा, सुशील पोखरेल, अफ्साना थापा तथा आरजे सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

नेपाल र भारतका विभिन्न आकर्षक स्थानमा छायांकन गरिएको चलचित्र ‘कुम्भ’प्रति दर्शकमाझ चासो बढ्दै गएको निर्माण टिमले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...