

अत्तरिया- अत्तरिया मा गोदावरी नगरपालिका स्तरीय “समावेशी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय विपद् व्यवस्थापन समितिको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


गोदावरी नगरपालिका को आयोजनामा युरोपियन युनियनको आर्थिक सहयोग तथा UNDP, UNICEF, UN Women र एचआइको संयुक्त साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम–नेपाल) र डिपि नेटले प्राविधिक सहयोग गरेका थिए ।



अन्तरक्रियामा स्थानीय तहको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी, विपद्पश्चात गरिनुपर्ने कार्य तथा स्थानीय विपद् व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा उपप्रमुख शारदादेवी रोकाया, वडाध्यक्षहरू, नगरस्तरीय विपद् व्यवस्थापन समितिका सदस्य, नगर प्रहरी, स्थानीय प्रहरी प्रशासन, नेपाल रेडक्रस सोसाइटी अत्तरिया उपशाखाका सभापति भरत खड्कालगायत विभिन्न संघसंस्था तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
छलफलमा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका तथा जोखिममा रहेका समुदायलाई केन्द्रमा राखेर विपद् व्यवस्थापन प्रणालीलाई अझ सुदृढ र संस्थागत बनाउनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा सहजकर्ता नवीन दाहाल र हरि कार्कीले विपद् व्यवस्थापन तथा मानवीय कार्य समन्वयका विषयमा सहजीकरण गरेका थिए ।