नवजीवन सहकारीको ३२ औँ साधारण सभा, बचत रकम ५ अर्ब ३१ करोड नाघ्यो

लक्ष्मी भट्ट/अत्तरिया- धनगढी प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था को ३२ औँ साधारण सभा तथा निर्वाचन यही जेठ ९ गते ॐ प्यालेस धनगढीमा भव्यताका साथ सम्पन्न भइरहेको छ ।

संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा रु १६ करोड ४१ लाख ६ हजार खुद नाफा आर्जन गरेको थियो भने विभिन्न चुनौतीहरूका बावजुद पनि आर्थिक वर्ष २०८१/०८२ मा रु ७ करोड ९० लाख ५५ हजार मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

संस्थाको अधिकृत शेयर पुँजी रु ५० करोड रहेको छ । २०८१ असार मसान्तसम्म रु ३० करोड ८० हजार रहेको चुक्ता शेयर पुँजी २०८२ असार मसान्तसम्म आइपुग्दा बढेर रु ३२ करोड १३ लाख ९६ हजार पुगेको छ ।

त्यसैगरी, २०८१ असार मसान्तसम्म ३४ हजार ३९५ रहेको शेयर सदस्य संख्या ८.२३ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तसम्म ३७ हजार २२६ पुगेको छ ।

गत वर्ष २०८१ असार मसान्तसम्म रु ५ अर्ब १ करोड ९० लाख ५ हजार रहेको कुल निक्षेपमा ५.९० प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तसम्म संस्थाको कुल बचत रकम रु ५ अर्ब ३१ करोड ५२ लाख २४ हजार कायम भएको संस्थाले जनाएको छ ।

Loading...