

सरकारले यही जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।



गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकाले जेठ १४ गते देशभर सार्वजनिक बिदा हुनेछ।


यससँगै जेठ १५ गते पर्ने गणतन्त्र दिवसको सार्वजनिक बिदा यसअघि नै तय भइसकेको छ। त्यसपछि जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार नियमित सार्वजनिक बिदा परेकाले लगातार चार दिनको छुट्टी परेको हो।
यसरी जेठ १४ देखि १७ गतेसम्म सरकारी कार्यालय, अधिकांश सार्वजनिक निकाय तथा शैक्षिक संस्था बन्द रहनेछन्। लगातारको बिदाले सर्वसाधारणलाई लामो विश्रामको अवसर मिल्ने भएको छ।