

अत्तरिया- कृष्णपुर नगरपालिका वडा नम्बर २ कार्यालयले आफ्नो क्षेत्रभित्रका विभिन्न सडक खण्डहरू कालोपत्रे गर्ने कार्य भइरहेकाले सडक क्षेत्रमा रहेका निर्माण सामग्री तथा अतिक्रमण तत्काल हटाउन अनुरोध गरेको छ । वडा कार्यालयले एक सूचना जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई सडक खाली गरिदिन अपिल गरेको हो ।


वडा अध्यक्ष अर्जुन सिंह साउदद्वारा हस्ताक्षरित सूचना अनुसार, कृष्णपुर नगरपालिकाको मापदण्ड र नक्सा अनुरूप सडकलाई व्यवस्थित बनाउन र कालोपत्रे कार्यलाई बिना अवरोध अगाडि बढाउन यो कदम चालिएको हो । सडक क्षेत्र मिचेर राखिएका सामान वा गरिएका अतिक्रमणले विकास निर्माणमा बाधा पुग्ने भएकाले वडाबासीको सहयोगको अपेक्षा गरिएको छ ।



कालोपत्रे भइरहेका प्रमुख सडक खण्डहरू:
वडा कार्यालयले तत्काल सडक खाली गर्नुपर्ने १० वटा मुख्य क्षेत्र एवं सडक खण्डहरूको विवरण यसरी तोकेको छ:
१. कृष्णपुर न.पा. वडा नं.२ बाणी मछेली पुल दक्षिण आधारभुत स्वास्थ्य केन्द्र भएर गडविजुला ताल किनार जाने सडक ।
२. कृष्णपुर न.पा. वडा नं.२ बाणी मुक्त कमैया वस्ति गल्ली नं. ६ देखि उत्तर जनहित महाकाली सा.व.उ.स. जाने सडक।
३. कृष्णपुर न.पा. वडा नं. २ बाणी मुक्त कमैया वस्ति गल्ली नं. ५ देखि खल्लागोठ जाने सडक ।
४. कृष्णपुर न.पा. वडा नं.२ बाणी पुरानो वस्ति मन्धिरे साउदको घर देखि पश्चिम भिम नाथको घर जाने सडक।
५. कृष्णपुर न.पा. वडा नं. २ बाणी सरस्वती मा.वि. भएर पश्चिम अमर चौधरीको घर हुदै फिर्ता रानाको घर सम्मको सडक।
६. कृष्णपुर न.पा. वडा नं. २ बाणी कृष्ण कुवरको घर देखि पश्चिम सिद्धराज जोशीको घर जाने सडक।
७. कृष्णपुर न.पा. वडा नं.२ बंक नवदुर्गा चोक दशरथ टमाटाको घर देखि पश्चिम सरस्वती कार्कीको घर जाने सडक।
८. कृष्णपुर न.पा. वडा नं.२ बंक क्याम्पस चोक देखि दक्षिण नन्दिपुर जाने सडक।
९. कृष्णपुर न.पा.वडा नं.२ बंक चौराहा देखि दक्षिण हरिलाल विष्टको घर हुदै पुर्ण वहादुर चन्दको घर जाने सडक।
१०. कृष्णपुर न.पा. वडा नं.२ बंक वनहरा चोक देखि चित्र वहादुर खडकाको मिल हुदै पश्चिम खल्ला जाने सडक।
समयमै सडक क्षेत्र खाली नगरेमा निर्माण कार्य प्रभावित हुन सक्ने भएकाले वडा कार्यालयले यस कार्यलाई गम्भीरतापूर्वक लिन सम्पूर्ण स्थानीय र सरोकारवालाहरूलाई आग्रह गरेको छ।

