नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिममा प्रशिक्षण कार्यक्रम गर्ने

अत्तरिया- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशमा परामर्श, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम जेठ ७ र ८ गते धनगढी मा हुने जनाइएको छ ।

पार्टीको सुदूरपश्चिम समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै जेठ ७ गते केन्द्रीय सदस्यहरूबीच परामर्श तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जनाएको छ । त्यस्तै जेठ ८ गते प्रदेश समिति सदस्यसम्मको उपस्थितिमा प्रशिक्षण कार्यक्रम आयोजना गरिने बताइएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठ, भीम रावल तथा रञ्जिता श्रेष्ठ लगायतको सहभागिता रहने जानकारी दिइएको छ ।

प्रदेश सहइन्चार्ज खगराज भट्ट ले कार्यक्रमले पार्टीको लोकप्रियता र विश्वसनीयता अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।

यसैबीच, प्रदेश इन्चार्ज भानुभक्त जोशी ले पार्टी समायोजनाको काम जेठ महिनाभित्र सम्पन्न गरिने बताए । उनले वर्तमान सरकारले जनतामा त्रास सिर्जना गरेको आरोप लगाउँदै सुकुम्बासी बस्ती हटाउने कार्य संविधान र मानवीयताको विपरीत भएको टिप्पणी गरे ।

Loading...