

धनगढी- कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन् ।


जिल्लाको धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट मोडबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम २३० मिलिग्राम धुलो पदार्थसहित सोही ठाउँका १९ वर्षीय लक्ष्मण राना सोमबार साँझ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ ।



त्यसैगरी भजनी नगरपालिका–३ कुसुमघाटबाट ७९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ का २८ वर्षीय शिव कामी र एक १७ वर्षीय किशोर रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले भे ७ प ४४० नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा लागूऔषध फेला परेको थियो । प्रहरीले मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
यस्तै, भजनी नगरपालिका–८ काँडाबाट १ ग्राम १२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित जानकी गाउँपालिका–२ का २९ वर्षीय दीपक दमाई पक्राउ परेका छन् । प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले शंकास्पद रूपमा पैदल हिँडिरहेका उनलाई चेकजाँच गर्दा लागूऔषध फेला पारेको जनाएको छ ।

