सुदूरपश्चिममा आयोजना छनोटका नयाँ मापदण्ड लागू

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले विकास आयोजना छनोटका लागि नयाँ मापदण्ड लागू गरेको छ । प्रदेश सरकारले ‘सुदूरपश्चिम प्रदेश आयोजना छनोटसम्बन्धी मापदण्ड २०८३’ तयार गरी राजपत्रमा प्रकाशित गरेको हो ।

Dadeldhura hospital

नयाँ मापदण्डअनुसार प्रदेश सरकारले सञ्चालन गर्ने आयोजनाको न्यूनतम लागत २५ लाख रुपैयाँ तोकिएको छ । प्रदेश लोकमार्गका आयोजना कम्तीमा ३ करोड तथा सहायक सडक, सिँचाइ र ऊर्जा आयोजनाका लागि १ करोड रुपैयाँ लागत हुनुपर्नेछ ।

Navadurga sun
Godawari sandesh

खेलकुद, स्वास्थ्य, पर्यटन, कृषि र धार्मिक पूर्वाधारका आयोजना ५० लाख, शिक्षाका ३२ लाख तथा खानेपानीका ३० लाख रुपैयाँभन्दा कमका हुन नपाइने व्यवस्था गरिएको छ ।

यस्तै, १ करोडभन्दा बढी लागतका आयोजना प्रदेश आयोजना बैंकमा दर्ता भएको हुनुपर्नेछ । सरकारले दिगो विकास, रोजगारी सिर्जना र सन्तुलित बजेट वितरणलाई ध्यानमा राखेर मापदण्ड लागू गरेको जनाएको छ ।

Loading...