गोदावरी–१ मा रास्वपा वडा समिति सर्वसम्मत गठन, खडायत वडा सभापतिमा चयन

अत्तरिया- गोदावरी नगरपालिका वडा नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी को वडा समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। आइतबार सम्पन्न वडा भेलाबाट राम बहादुर खडायत वडा सभापतिमा चयन भएका छन्।

Ganyapdhura gau
Dadhaldhura pur

उपसभापतिमा बसन्ती भट्ट, सचिवमा तिलक राज भण्डारी तथा सह–सचिवमा सीता खडका चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा कमला खडायत, नरबहादुर ऐरी, रोशन विक, दुर्पता कठायत, सन्तोष घेमिरे र करण सिंह बोहरा सर्वसम्मत रूपमा चयन भएका छन्।

Navadurga sun
Godawari sandesh

नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गर्दै पार्टीका सक्रिय युवा सदस्य गंगादत्त जोशीले वडा तहमा संगठनलाई अझ सशक्त बनाउँदै जनतासँग प्रत्यक्ष रूपमा जोडिने विश्वास व्यक्त गरेका छन्।

नयाँ समितिले आगामी दिनमा स्थानीय स्तरमा पार्टी संगठन विस्तार, जनसम्पर्क वृद्धि तथा गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Couple
Loading...