दार्चुलामा जिप दुर्घटना हुँदा ५ जना घाइते

दार्चुला- दार्चुलाको मार्मामा जिप दुर्घटजा हुँदा पाँच जना घाइते भएका छन् । मार्माको भित्री सडक ताकुबाट घोल्जरतर्फ गइरहेको सु.प.प्र ०१–००१ ज ००७६ नम्बरको जिप शनिबार राति करीब ८ बजेतिर अनियन्त्रित भएर पातिहाल्ला भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

जिप दुर्घटना हुँदा मार्मा गाउँपालिका–१ घोल्जरका जिप चालक २६ बर्षीय हरिश महरा, सोही ठाउँकी २७ बर्षीया मनिषा ठगुन्ना, सोही ठाउँकी १७ बर्षीया स्मृती ठगुन्ना, १३ बर्षीया सारिका ठगुन्ना र १६ बर्षीय विवेक महरा घाइते भएका छन् । घाईतेहरुमध्ये चालक महरा र १७ बर्षीया स्मृती ठगुन्नाको स्वास्थ्य अवस्था गम्भीर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हेमराज भट्टले जानकरी दिए ।

Navadurga sun
Godawari sandesh

घाइते सबैलाई शनिबार राति नै उपचारका लागि धनगढी लगिएको छ । जिप सडकबाट करीब ६० मिटर तल खसेको थियो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ ।

Couple
Loading...