अत्यधिक गर्मीपछि कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय अब बिहानी सत्रमा

कञ्चनपुर- अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न थालेपछि कञ्चनपुरका कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिका ले विद्यालय सञ्चालन समय परिवर्तन गरेका छन् । दुवै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयलाई अब बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

कृष्णपुर नगर कार्यपालिकाको बैठकले मौसम प्रतिकूल बन्दै गएपछि विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विद्यालय बिहान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । नगर प्रमुख हेमराज ओझा का अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ र लेटर ग्रेडिङ निर्देशिका–२०८३ अनुसार पाठ्यघण्टा नघट्ने गरी व्यवस्था मिलाइएको छ । पाठ्यक्रमले तोकेको ‘क्रेडिट आवर’ पूरा गर्न आइतबारसमेत विद्यालय सञ्चालन गरिने निर्णय गरिएको उनले बताए ।

Navadurga sun
Godawari sandesh

यस्तै शुक्लाफाँटा नगरपालिका ले पनि जेठ ४ गतेदेखि बर्खे बिदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि बिहान १० बजे सुरु हुने कक्षा अब बिहान ७ बजेदेखि दिउँसो १ः१५ बजेसम्म सञ्चालन हुनेछन् ।

नगर शिक्षा समितिका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुख्ने र ध्यान केन्द्रित गर्न कठिनाइ हुने समस्या देखिन थालेपछि यस्तो निर्णय गरिएको हो । समय परिवर्तन भए पनि नियमित पठनपाठन, परियोजना तथा प्रयोगात्मक कार्य यथावत सञ्चालन हुने जनाइएको छ ।

Couple
Loading...