राष्ट्रपति रनिङ शिल्ड छनोट: गोदावरीबाट ६ प्रशिक्षकसहित ११५ खेलाडी रवाना

अत्तरिया- १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०८३ मा सहभागी हुन गोदावरी नगरपालिका का १ सय १५ जना खेलाडी आज शुक्रबार बसन्त मुरारी माध्यमिक बिद्यालय तर्फ प्रस्थान गरेका छन् । प्रतियोगितामा विभिन्न विधामा सहभागिता जनाउने खेलाडीहरूलाई नगरपालिकाले विशेष कार्यक्रमबीच शुभकामना सहित बिदाइ गरेको हो ।

Dadeldhura hospital

कार्यक्रममा बोल्दै बिरेन्द्र भट्टले खेलकुदले अनुशासन, नेतृत्व क्षमता तथा स्वस्थ जीवनशैली विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रतियोगिताका क्रममा खेलाडीहरूलाई कुनै चोटपटक लागेमा नगरपालिकाको तर्फबाट १ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराइने जानकारी दिँदै निर्धक्क भएर उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे ।

Navadurga sun
Godawari sandesh

नगरपालिकाले खेल क्षेत्रको विकास र खेलाडीहरूको मनोबल उच्च बनाउन निरन्तर सहयोग गर्दै आएको पनि उनले उल्लेख  गरे । जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूको आवतजावत सहज बनाउन शैक्षिक संस्थाहरूले समेत महत्वपूर्ण सहयोग गरेका छन् ।

विद्यार्थीहरूको व्यवस्थापन तथा खेल सञ्चालनका लागि गोदावरी नगरपालिकाबाट ६ जना प्रशिक्षक र २ जना व्यवस्थापक समेत खटिएका छन् ।

Loading...