पश्चिमी वायुको नयाँ प्रणाली भित्रिँदै, देशभर वर्षाको सम्भावना

नेपालमा पश्चिमी वायुको अर्को प्रणाली भित्रिन लागेकाले यस हप्ता देशभर वर्षा र जाडो महसुस हुने मौसमविदहरूले बताएका छन्।

Ganyapdhura gau

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार वैशाख २८ गते रातिदेखि देशभर राम्रो वर्षा हुने सम्भावना छ। पश्चिमी वायुले उत्तरतर्फको चिसो हावा ल्याउने भएकाले तापक्रम घटेर चिसो बढ्ने अनुमान गरिएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मौसमविद् उज्ज्वल उपाध्यायले सोमबार र मंगलबार काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा मध्यम वर्षा तथा केही ठाउँमा भारी वर्षा हुन सक्ने बताएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय प्रणालीको प्रभावले देशभर बादल लाग्ने र पानी पर्ने क्रम जारी छ।

वैशाख २८ र २९ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

मौसमविद्हरूका अनुसार प्रि–मनसुन अवधिमा बारम्बार हुने वर्षाले गर्मी मौसममा पनि चिसोपन बढाएको छ।

Couple
Loading...