

अत्तरिया- कैलालीको गोदावरीका मेयर वीरेन्द्र भट्टको स्कार्पियो गाडी मोहना अत्तरिया ६ लेन सडक अन्तरगत धनगढी उपमहानगरपालिका-१३ राजपुरमा दुर्घटनामा परेको छ ।



मेयर आफैले चलाई रहेको गाडी सडक किनाराको रेलिङमा ठोक्किएर दुर्घटनामा परेको हो ।


शनिवार राती ११ बजेर २० मिनेटमा सुदूरपश्चिम प्रदेश ०१ ००१ झ ६०१ नम्बरको नगरपालिकाको सरकारी गाडी दुर्घटना हुँदा गाडीको अगाडीको भागमा सामान्य क्षति पुगेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
प्रहरीले मेयरले मापसे गरेर गाडी चलाएको पाइएकाले गाडी नियन्त्रणमा लिएर कैलाली गाउँ चौकीमा राखिएको जनाएको छ।

