कैलाली प्रहरीले होलीपर्वमा भिडभाड नगर्न सर्वसाधरणलाई आग्रह

धनगढी- जिल्ला प्रहरी कार्यालय कैलालीले फागुपूर्णीमा (होली) पर्वमा भिडभाड नगर्न सर्वसाधरणलाई आग्रह गरेको छ। प्रहरीले एक सुचना जारी गर्दै छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा जिल्लामा संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि होलीपर्वमा भिडभाड नगर्न तथा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

सीमाबाट सर्वसाधरणहरुको आवतजावत बढी देखिएकोले स्वास्थ्य मन्त्रालयबाट जारी भएको विज्ञप्तीलाई दृष्टिगत गर्दै संक्रमण बढ्न नदिन स्यानिटाइजर, मास्क र सामाजिक दुरी मापदण्ड तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूणर् पालना गर्नु सूचनामा आग्रह गरिएको छ ।

Navadurga sun
Godawari sandesh

यदि उक्त आदेशको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने समेत जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...