समर्थन मूल्यभन्दा बढीमा खाद्यले गहुँ खरिद गर्दै

धनगढी- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ले कैलालीमा सरकारले तोकेको समर्थन मूल्यभन्दा बढी दरमा गहुँ खरिद सुरु गरेको छ। कम्पनीको धनगढीस्थित प्रादेशिक कार्यालयले टीकापुर, मसुरिया र मोहनपुर डिपोमार्फत किसानबाट प्रतिक्विन्टल चार हजार २५० रुपैयाँमा गहुँ खरिद गरिरहेको छ, जबकि सरकारले यस वर्ष गहुँको समर्थन मूल्य तीन हजार ९४५ रुपैयाँ निर्धारण गरेको छ।

Ganyapdhura gau

प्रादेशिक कार्यालय प्रमुख दीपक थापा का अनुसार किसानलाई प्रोत्साहन गर्ने र तोकिएको कोटा पूरा गर्ने उद्देश्यले समर्थन मूल्यभन्दा बढी दर कायम गरिएको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस वर्ष कैलालीमा १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य राखिएकोमा सोमबारसम्म नौ सय २१ क्विन्टल गहुँ खरिद भइसकेको कार्यालयले जनाएको छ। गत वर्ष बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा खाद्यले जम्मा ५२ दशमलव ५ क्विन्टल मात्र गहुँ खरिद गर्न सकेको थियो।

हाल कैलालीमा गहुँ प्रतिक्विन्टल चार हजार २०० देखि चार हजार ६०० रुपैयाँसम्ममा कारोबार भइरहेको कृषकले बताएका छन्। बजार मूल्यलाई आधार बनाएर समर्थन मूल्यभन्दा बढी दर निर्धारण गरिएको खाद्यले जनाएको छ।

कम्पनीले मोहनपुर, टीकापुर र मसुरिया डिपोमा क्रमशः १५, १६ र १७ वैशाखदेखि गहुँ खरिद सुरु गरेको हो। साथै, गत सिजनमा धान बिक्री गरेका करिब एक हजार सात सय किसानलाई मोबाइल म्यासेजमार्फत गहुँ बिक्रीका लागि जानकारी गराइँदै आएको कार्यालयले जनाएको छ।

खरिद गरिएको गहुँ खाद्यान्न अभाव भएका जिल्लामा बिक्री गरिने खाद्यले जनाएको छ।

Couple
Loading...