बडिमालिका जवान तालिम शिक्षालय को २५ वर्ष

धनगढी- सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बडिमालिका जवान तालिम शिक्षालय ले स्थापना भएको २५ वर्ष पूरा गरेको छ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात गर्दै शिक्षालयले सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण सुरक्षा प्रशिक्षण केन्द्रका रूपमा आफ्नो पहिचान बनाएको छ ।

विसं २०५७ माघ ९ गते तत्कालीन विषम सुरक्षा परिस्थितिमा राष्ट्रको शान्ति, सुव्यवस्था तथा नागरिकको जीउधन र स्वतन्त्रताको संरक्षण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल को स्थापना गरिएको थियो । त्यसपछि विसं २०५८ बैसाख २४ गते सुदूरपश्चिम प्रदेशमा जवान तालिम, विपद् व्यवस्थापन, गोताखोर तथा दंगा नियन्त्रणसम्बन्धी विशेष तालिम सञ्चालन गर्ने उद्देश्यसहित बडिमालिका गण स्थापना गरिएको थियो ।

Navadurga sun
Godawari sandesh

समयक्रमसँगै उक्त गण अहिले बडिमालिका जवान तालिम शिक्षालय का रूपमा विकसित भई सशस्त्र प्रहरी जवान उत्पादन गर्ने महत्वपूर्ण प्रशिक्षण केन्द्र बनेको छ । स्थापना कालदेखि हालसम्म शिक्षालयले ३ हजार २ सय २ जना सशस्त्र प्रहरी कर्मचारीलाई विभिन्न तालिम प्रदान गरिसकेको छ भने हाल सञ्चालन भइरहेको आधारभूत तालिममा ३ सय ३३ जना प्रशिक्षार्थी सहभागी रहेका छन् ।

Dadeldhura hospital

शिक्षालयका समादेशक सूर्यबहादुर सेन ओली का अनुसार शिक्षालयले आधारभूत तालिमसँगै क्षमता अभिवृद्धि, नेतृत्व विकास, व्यावसायिक दक्षता तथा सुरक्षा व्यवस्थापनसम्बन्धी आधुनिक तालिम सञ्चालन गर्दै आएको छ । बदलिँदो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै आधुनिक प्रविधिमा आधारित तालिमलाई प्राथमिकता दिइएको उनले बताए ।

२५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पुरुषोत्तम थापा ले शिक्षालयको योगदानको प्रशंसा गर्दै समयअनुकूल तालिममार्फत दक्ष र अनुशासित जनशक्ति उत्पादनमा यसको महत्वपूर्ण भूमिका रहेको बताए । साथै राष्ट्रको सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउन व्यावसायिक तथा व्यवहारिक तालिम अपरिहार्य रहेको उल्लेख गरे ।

कार्यक्रममा दिग विजय सुवेदी, देवीदत्त कँडेल लगायत सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

हाल शिक्षालयमा ब्यारेक प्रणाली, पीटी, परेड, हतियार प्रयोग, अनुशासन, भीड नियन्त्रण तथा सुरक्षा व्यवस्थापनसम्बन्धी आधारभूत र व्यावहारिक प्रशिक्षण प्रदान गरिँदै आएको छ । साथै विपद् उद्धार, दंगा नियन्त्रण र आपत्कालीन अवस्थामा प्रभावकारी परिचालन हुन सक्ने दक्ष जनशक्ति तयार पार्ने कार्यमा शिक्षालय सक्रिय रहेको छ ।

Loading...