

धनगढी- सुदूरपश्चिमका व्यवसायी सन्तोष खड्का उद्योग वाणिज्य महासंघको खुला केन्द्रीय सदस्यमा विजयी भएका छन्। उनले खसेको १२९ मतमध्ये १०२ मत प्राप्त गरेका हुन्।



टीकापुर उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष रहेका खड्का यस पदमा पुग्ने सुदूरपश्चिमका दोस्रो व्यवसायी बनेका छन्। यसअघि पुष्प कुँवर यसै पदमा निर्वाचित भएका थिए।


३४ वर्षीय खड्का लामो समयदेखि व्यवसायिक नेतृत्वमा सक्रिय छन्। उनले कार्यसमिति सदस्यदेखि वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्। उनी सन्तोष विल्डर्सका सञ्चालक हुनुका साथै रेडिमेट कपडा व्यवसाय पनि सञ्चालन गर्दै आएका छन्।





