धनगढीका ६ होटलमाथि छापा, ३० जना नियन्त्रणमा, सञ्चालक विरुद्ध मानव बेचबिखन मुद्दा दायर

धनगढी- धनगढीमा होटल सञ्चालनको आडमा अनैतिक गतिविधि गराएको आरोपमा ६ वटा होटलका सञ्चालक विरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ। शुक्रबार प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले धनगढीका विभिन्न स्थानमा रहेका होटलहरूमा छापा हानेर ३० जनालाई नियन्त्रणमा लिएको थियो ।

Dadeldhura hospital

नियन्त्रणमा परेका मध्ये होटलका कर्मचारी र ग्राहकलाई आवश्यक सोधपुछ पछि छाडिएको छ भने होटल सञ्चालक विरुद्ध मानव बेचबिखन तथा अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार किटानी जाहेरी परेका होटल सञ्चालक विरुद्ध मानव बेचबिखनको मुद्दा र जाहेरी नपरेकाको हकमा तत्काल अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरिएको हो ।

Navadurga sun
Godawari sandesh

अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा हानिएको थियो । सो क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको तथा त्यस्तो कार्य गर्न प्रेरित गरेको अभियोगमा १७ महिला र १३ पुरुष गरी ३० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ब्ल्याक स्टोन कटेजबाट ७ जना, सम्झना होटलबाट ४ जना, ए.एम. एण्ड ए होटलबाट ५ जना, प्रिन्स होटलबाट ५ जना, कर्णाली होटलबाट ६ जना र एभरेष्ट होटलबाट ३ जना नियन्त्रणमा परेका थिए। यी सबै होटलका सञ्चालक विरुद्ध मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पाँच होटलका सञ्चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने ब्ल्याक स्टोन कटेजका सञ्चालक फरार रहेका छन् । फरार सञ्चालकको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Loading...