अत्तरियामा उद्यमीका लागि डिजिटल वित्तीय साक्षरता तालिम सुरु

अत्तरिया- कैलालीको अत्तरियामा उद्यमीहरूका लागि दुईदिने डिजिटल वित्तीय साक्षरता तालिम सुरु भएको छ। गोदावरी नगरपालिकाको समन्वय, जी आई जेड को सहयोग तथा महिला उद्यमी महासंघ नेपाल को आयोजनामा तालिम सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन गोदावरी नगरपालिकाकी उप–प्रमुख शारदा देवी रोकायाले गरेकी हुन्। उनले तालिमले उद्यमीहरूलाई डिजिटल सीपमा सक्षम बनाउँदै आत्मनिर्भर बन्न सहयोग गर्ने बताइन्।

Navadurga sun

कार्यक्रममा संघकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष मिना फुलाराले प्रविधिजन्य जोखिम बढ्दै गएकाले यस्तो तालिम आवश्यक भएको उल्लेख गरिन्। डिजिटल ज्ञानले समय, श्रम र खर्च बचत गर्ने भएकाले उद्यमीका लागि अत्यावश्यक भइसकेको उनले बताइन्।

महिला उद्यमी संघ कैलालीकी अध्यक्ष सुनी भण्डारीले प्रविधिको बढ्दो प्रयोग र त्यससँगै आउने जोखिमबाट बचाउन तालिम आयोजना गरिएको जानकारी दिइन्।

तालिममा सुदूरपश्चिमका पाँच जिल्लाबाट ४० जना उद्यमीहरूको सहभागिता रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...