मुसेट्टिमा फसेका ५ जनाको हेलिकोप्टरबाट उद्धार

कञ्चनपुर, २ कार्तिक- भीमदत्त नगरपालिका वडा नं. ९ मुसेट्टिमा फसेका ५ जनाको उद्दार गरिएको छ। उद्दार गर्न सुर्खेतबाट आएको सेनाको पश्चिम कमाण्ड हेलिकप्टरले उद्दार गरेको हो। प्रतिकुल मौसमका वाबजुद सेनाको टोलिले बेलुका ५ बजे उद्दार गरेको हो।

Dadeldhura hospital

सेनाको सुर्खेत कमान्डका जर्नेल प्रेम शाहीले सबैलाई सकुशल उद्दार गरिएको बताए। दिउँसो ४ बजे उक्त हेलिकप्टरलाई कंचनपुरको भगतपुरबाट २५ नम्बर बाहिनीबाट मुसेट्टीमा पुर्याईएको थियो। कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका वडा नं. ९ मुसेट्टिका एकै परिवारका ५ जना सोमबार रातिदेखी फसेका थिए।

Navadurga sun
Godawari sandesh

बिहान ७ बजे उनिहरु फसेको खबर बाहिरिएपछि यहाँका जनप्रतिनिधि र प्रशासन उद्दारमा खटिएका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार ३६ वार्षिय पुष्कर नायक, ३२ वार्षिया शान्ति नायक, १० बर्षका अजय नायक, ४ बर्षका बालक सुरज नायक र ५० वार्षिया गौरी खड्का महाकालीको भंगालोमा फसेका थिए। उनीहरु १५ घण्टा रुखको बसेका थिए ।

Loading...