कैलालीका विभिन्न स्थानबाट लागूऔषधसहित १२ जना पक्राउ

कैलाली- कैलाली जिल्लाका विभिन्न स्थानमा प्रहरीले लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–२ एलायन्स स्कुल नजिकबाट चरेस जस्तो देखिने ४ ग्राम १० मिलिग्राम कालो पदार्थसहित धनगढी–३ का ३५ वर्षीय किसन बुडालसहित ८ जनालाई शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

त्यसैगरी, कैलारी गाउँपालिका–५ मनिकापुरबाट ३ ग्राम ७५० मिलिग्राम चरेस जस्तो पदार्थसहित गोबरैला निवासी २५ वर्षीय धिरज चौधरी र सोही स्थानका १६ वर्षीय किशोरलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले सु.प.प्र.०१-०१० प ४६३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ र मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस्तै, लम्कीचुहा नगरपालिका–१ बसपार्क क्षेत्रबाट २६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित १८ वर्षीय दुई किशोरलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारेको हो ।

यसैबीच, धनगढी उपमहानगरपालिका–२ त्रिनगर क्षेत्रमा भारतको बिजनौर निवासी ३० वर्षीय जमसेद आलमलाई नियन्त्रित लागूऔषध स्पास्मोका ४९ ट्याब्लेटसहित शनिबार साँझ पक्राउ गरिएको छ । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले शंकाको आधारमा जाँच गर्दा उक्त औषधि बरामद गरेको हो ।

प्रहरीले सबै घटनामा संलग्न व्यक्तिहरू र बरामद सामग्री नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

Loading...