अत्तरिया खानेपानीको नेतृत्वका लाति त्रिपक्षीय प्रतिस्पर्धा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको वैशाख २६ गते हुने निर्वाचनको लागी उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ ।

Dadeldhura hospital

निर्वाचन कार्यतालिका बमोजिम शनिबार दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएकोमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका नन्दराज भट्ट, सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी सकुन्तला सोब, सिता सोबले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

अध्यक्ष पदका उम्मेदवार भट्टले उम्मेदवारी फिर्ता लिएसंगै अब अध्यक्ष पदमा राजेन्द्र बहादुर खड्का, गणेश शाह र हर्क बहादुर शाहबिच त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ । यसअघि अध्यक्षमै उम्मेदवारी दर्ता गरेका राज बहादुर खड्काको उम्मेदवारी रद्ध भएको थियो ।

Loading...