कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

कैलालीको बिभिन्न स्थान धनगढी–९ बङ्ग्राकटानटीकापुर–९ खक्रौलाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३१ हजार ६३० बराबरको सामान प्रहरीले बरामद गरेको हो।

Navadurga sun
Godawari sandesh

भन्सार छलीको बिडी, सुर्ति, आँप लगायतका सामान बिहीवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यसैगरी कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त–१० बिद्युत कार्यालय नजिक र बेलौरी–१ खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ३८ हजार ८८० बराबरको पेय पदार्थ, अण्डा, मोवाईल कभर, विभिन्न किसिमका कपडा, किराना लगायतका सामान विहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Couple
Loading...