बुद्ध जयन्ती र श्रमिक दिवसमा प्रदेश प्रमुख मियाँको सन्देश: अहिंसा, शान्ति र श्रमिक अधिकारमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले २५७० औँ बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपालीलाई अहिंसा र शान्तिको मार्ग अपनाउन आग्रह गरेका छन्। शुभकामना सन्देश जारी गर्दै उनले गौतम बुद्ध का उपदेशहरू आजको विश्वमा झन् बढी सान्दर्भिक रहेको बताएका छन्।

Dadeldhura hospital

उनले स्वदेश तथा विदेशमा रहेका बौद्ध धर्मावलम्बी तथा सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरे। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन परेको उल्लेख गर्दै उनले यस अवसरमा देशभरका चैत्य, गुम्बा र विहारहरूमा पूजा–आराधना तथा विभिन्न कार्यक्रम गरिने परम्परा रहेको बताए।

Navadurga sun
Godawari sandesh

यसैबीच, अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा पनि प्रदेश प्रमुख मियाँले शुभकामना दिएका छन्। उनले सन् १८८६ मा अमेरिकाको सिकागोमा सुरु भएको “आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन” आन्दोलनको स्मरण गर्दै श्रमिक अधिकारको महत्व अझै उत्तिकै रहेको बताएका छन्।

उनले श्रमिकहरूको योगदान राष्ट्रको आर्थिक विकासको आधार भएको उल्लेख गर्दै श्रमको सम्मान, उचित मूल्याङ्कन तथा श्रमिकहरूको हकहित र अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

Loading...