बुढीतोला पर्यटन महोत्सव भव्य रूपमा उद्घाटन, स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा “बुढीतोला पर्यटन महोत्सव” भव्य रूपमा उद्घाटन गरिएको छ। नगर प्रमुख वीरेन्द्र भट्टले बिहीबार एक समारोहका बीच महोत्सवको उद्घाटन गरेका हुन्।
उद्घाटनअघि बाजागाजासहित बुढीतोला बजार क्षेत्रमा प्रभातफेरी निकालिएको थियो। स्थानीयवासी, विभिन्न संघसंस्था तथा सांस्कृतिक समूहहरूको सहभागितामा निकालिएको उक्त प्रभातफेरीले महोत्सवप्रति जनउत्साह झल्काएको थियो।
स्थानीय संस्कृति, कला, परम्परा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले बुढीतोलालाई नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार महोत्सवमार्फत स्थानीय उत्पादन, हस्तकला, खानपान र सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिनेछ।
महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्दै स्थानीय आर्थिक गतिविधि चलायमान बनाउने विश्वास लिइएको छ। साथै, यसले क्षेत्रीय पर्यटन विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
ADD Khali jpg
ADD Khali jpg
Loading...