अत्तरिया खानेपानीको अध्यक्ष दौडबाट राज बहादुर खड्का बाहिर

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको वैशाख २६ गते हुने निर्वाचनअघि अध्यक्ष पदका एक उम्मेदवारको उम्मेदवारी रद्द भएको छ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका राज बहादुर खड्काको उम्मेदवारी निर्वाचन समितिले रद्द गरेको हो। मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारमाथि दाबी–विरोध दर्ता गर्ने समय तोकिएको थियो। सोही अवधिमा अर्का उम्मेदवार राजेन्द्र बहादुर खड्काले खड्काविरुद्ध दाबी–विरोध गरेका थिए।

Navadurga sun

संस्थाको नियमअनुसार उम्मेदवार बन्नका लागि मतदाता हुनु अनिवार्य हुन्छ। तर राज बहादुर खड्का मतदाता सूचीमा नरहेको पुष्टि भएपछि उनको उम्मेदवारी रद्द गरिएको निर्वाचन समितिले जनाएको छ।

अब अध्यक्ष पदका लागि राजेन्द्र बहादुर खड्का, हर्क बहादुर शाह, गणेश शाह र नन्दराज भट्टबीच प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन वैशाख २६ गते हुने तय गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...