अत्तरिया क्षेत्रमा २० करोड लगानीमा ‘होटल जंगल स्पा’ सञ्चालनमा

अत्तरिया- कैलालीको अत्तरिया क्षेत्रमा करिब २० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘होटल जंगल स्पा’ सञ्चालनमा आएको छ । होटल व्यवसायी विजय सिंह धामीले सञ्चालनमा ल्याएको उक्त होटलको सोमबार एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरिएको हो ।

Ganyapdhura gau

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले रिबन काटेर होटलको उद्घाटन गरेका हुन् ।

आधुनिक सुविधासहित निर्माण गरिएको होटलमा ३२ वटा एसीयुक्त कोठा, आकर्षक डाइनिङ हल तथा दुई वटा बहुउद्देश्यीय मिटिङ तथा सेमिनार हल रहेका छन्।

सञ्चालक धामीले होटल सञ्चालनसँगै सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै ग्राहकलाई गुणस्तरीय सेवा र पूर्ण सन्तुष्टि दिने प्रतिबद्धता जनाएका छन् ।

यसअघि ‘जंगलस्पा’ होटल डडेलधुराको सकायल क्षेत्रमा पनि सञ्चालनमा रहेको छ ।

Couple
Loading...