अत्तरिया खानेपानी संस्थामा अध्यक्षका लागि ५ जनाको दाबी

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा रहेकाे अत्तरिया खानेपानी संस्थाको वैशाख २६ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ । आज वैशाख १४ गते सोमबार संस्थाको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता आह्वान गरिएको थियो ।

Ganyapdhura gau
Dadeldhura hospital

संस्थाको अध्यक्ष पदका लागि एक जना एकल उम्मेदवार र ४ जनाको समूह (प्यानल) सहित उम्मेदवारी दर्ता भएको छ। अध्यक्ष पदमा राजेन्द्र बहादुर खड्का, हर्क बहादुर शाह, गणेश शाह र राज बहादुर खड्का प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् भने नन्दराज भट्टले अध्यक्ष पदमा एकल उम्मेदवारी दर्ता गराएका छन् ।

Navadurga sun
Godawari sandesh

यस संस्थामा प्रत्यक्ष निर्वाचित ११ सदस्य रहने व्यवस्था गरिएको छ। संस्थामा कुल ५,७४२ जना उपभोक्ता मतदाता रहेका छन्।

उम्मेदवारी दर्ता शुल्क अन्तर्गत अध्यक्ष पदका लागि ७,५०० रुपैयाँ, पदाधिकारीका लागि ५,५०० रुपैयाँ र सदस्य पदका उम्मेदवारका लागि ३,५०० रुपैयाँ फिर्ता नहुने गरी तोकिएको छ ।

Couple
Loading...