टीकापुर नगरपालिका मा अतिक्रमण हटाउन डोजर अभियान सुरु

धनगढी- कैलालीको टीकापुर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती तथा संरचना हटाउन डोजर अभियान सुरु गरेको छ।

Ganyapdhura gau
Dadeldhura hospital

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालका अनुसार नगर क्षेत्रमा रहेका अतिक्रमित जमिन खाली गराउने उद्देश्यले यो अभियान सञ्चालनमा ल्याइएको हो।

Navadurga sun
Godawari sandesh

आज टीकापुर नगरपालिका–१ को जमरा पुल क्षेत्रदेखि बसपार्कसम्म अतिक्रमण गरेर बनाइएका संरचना हटाउने काम भइरहेको उनले जानकारी दिए। नगरका विभिन्न स्थानमा सरकारी जग्गा अतिक्रमण गरी संरचना बनाइएको पाइएको छ।

यससँगै, अतिक्रमण हटाउने अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले वडास्तरमै तथ्यांक संकलनको कामसमेत अघि बढाएको जनाएको छ।

Couple
Loading...