आजदेखि कक्षा १२ परीक्षा सुरु, विद्यार्थी संख्या घट्दा नतिजा सुधारको संकेत

राष्ट्रिय परीक्षा बोर्ड द्वारा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा आजदेखि देशभर सुरु भएको छ।

Dadeldhura hospital

यस वर्ष करिब ४ लाख १८ हजार ८ सय विद्यार्थी परीक्षामा सहभागी भएका छन्, जसमा नियमिततर्फ बढी र आंशिकतर्फ कम विद्यार्थी छन् । देशभर १,४२१ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन भइरहेको छ र यो वैशाख २७ गतेसम्म चल्नेछ ।

godawari10 Mahila hinsa
Navadurga sun

गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थी संख्या करिब ९२ हजारले घटेको छ । बोर्डका अनुसार अघिल्ला वर्षमा नतिजा सुधार हुनु र आंशिक परीक्षार्थी घट्नु यसको मुख्य कारण हो ।

त्यस्तै, गत वर्ष ६१.१७% विद्यार्थी उत्तीर्ण भएका थिए, जसले शैक्षिक गुणस्तर सुधारतर्फ संकेत गरेको छ । विदेश (जापान) बाट समेत विद्यार्थी सहभागी हुनु यस परीक्षाको दायरा फराकिलो भएको देखाउँछ ।

Loading...