कञ्चनपुरका सीमानाकामा कडाइ गरिएसँगै बढ्यो भन्सार सङ्कलन

कञ्चनपुर- कञ्चनपुरका सीमानाकामा कडाइ गरिएसँगै भन्सारविन्दुमा हुने राजस्व सङ्कलन बढेको छ।

Ganyapdhura gau

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका अनुसार पछिल्ला आठ दिनमै लक्ष्यको २५ प्रतिशत राजस्व असुली गरिएको हो। विगतमा लक्ष्य नै भेट्टाउन नसकेको भन्सारले राजस्व असुलीमा आएको सुधारपछि यस वर्ष भन्सार सङ्कलन बढ्ने अनुमान गरिएको छ। कार्यालयका सूचना अधिकारी चक्रदेव भट्टले वैशाख ८ सम्म एक करोड ५२ लाख राजस्व सङ्कलन भएको जानकारी दिए। 

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

वैशाखमा छ करोड ८० लाख लक्ष्य राखिएकोमा राजस्व असुली दर बढ्दो क्रममा रहेको उनले बताए। यही गतिमा राजस्व सङ्कलन बढ्दै गए यो महिना लक्ष्यभन्दा बढी राजस्व उठ्ने अनुमान गरिएको उनले बताए। कार्यालयका अनुसार गत चैतमा पाँच करोड ८३ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा ९२ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो। गत चैतमा पाँच करोड ४१ लाख राजस्व असुल भएको सूचना अधिकारी भट्टले बताए।

त्यसै गरी गत फागुनमा लक्ष्यको २१ प्रतिशत कम अर्थात् ७९ प्रतिशत मात्रै राजस्व असुल भएको कार्यालयले जनाएको छ। नाकाहरूमा कडाइ गरेसँगै चोरीपैठारी पनि कम भएको कार्यालयले जनाएको छ। कार्यालयले अहिले यात्रुबाट एक सय रुपियाँभन्दा बढीको सामानमा भन्सार लिन सुरु गरेको छ। 

भन्सार असुली सकारात्मक रहे पनि विगत एक दशकयता भन्सारमा प्रयोग हुने एक्सरे मेसिन सञ्चालनमा नआउँदा चेकजाँचमा समय लाग्ने गरेको सूचना अधिकारी भट्टले बताए। एक्सरे मेसिनमा खराबी आएपछि निर्माण हुन नसक्दा गैरकानुनी वस्तुमा निगरानी राख्न केही जटिलता भएको उनको भनाइ थियो। जनशक्ति अभाव हुँदा मसिन मर्मत गर्न नसकिएको उनले बताए।

Couple
Loading...