कैलालीमा कुखुराको मासु खाँदा दुई बालकको मृत्यु, संक्रमण नभई फुड पोइजनिङको आशंका

कैलालीको चुरे गाउँपालिका–३ भक्तपुरमा ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु भएको घटनामा कुखुरामा कुनै खतरनाक संक्रामक रोग नदेखिएको पुष्टि भएको छ।

Ganyapdhura gau

घटनापछि पशु चिकित्सालय प्रयोगशाला धनगढीको टोलीले कुखुराको नमुना संकलन गरी पोस्टमार्टम तथा प्रयोगशाला परीक्षण गरेको थियो। प्रयोगशालाका प्रमुख डा. नरेश जोशीका अनुसार परीक्षणका क्रममा बर्ड फ्लु, ब्रोंकाइटिस र गुम्बारो लगायतका कुनै पनि प्रमुख भाइरल रोग नदेखिएको पुष्टि भएको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले केही सञ्चारमाध्यममा आएको “बर्ड फ्लु लागेको कुखुरा खाँदा घटना भएको” भन्ने समाचार सत्य नभएको स्पष्ट पारे। “तत्काल टोली पठाएर नमुना परीक्षण गर्दा कुनै पनि खतरनाक रोग देखिएन,” उनले बताए।

चिकित्सकहरूका अनुसार अत्यधिक गर्मीका कारण सडेगलेको वा बासी मासु सेवन गर्दा फुड पोइजनिङ भएको हुन सक्ने आशंका गरिएको छ।

गत वैशाख ४ गते ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको थियो। मृतककी आमा राधा ताम्राकार र तीन वर्षीय एक बालक नवजीवन अस्पताल मा उपचाररत छन्। चिकित्सकका अनुसार उनीहरूको अवस्था अहिले खतरामुक्त रहेको छ।

Loading...