देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु

सरकारले देशभरका बालबालिकालाई लक्षित गरी आजदेखि दुई दिनसम्म भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत सञ्चालन भइरहेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअनुसार आज र सोमबार बालबालिकालाई औषधि वितरण गरिँदैछ।

Dadeldhura hospital

कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ भने १ वर्षदेखि ५ वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि दिइँदैछ। यसका लागि देशभरका विभिन्न स्थानमा खोप केन्द्र स्थापना गरिएका छन्।

Navadurga sun
Godawari sandesh

अभियान सफल बनाउन करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ। भिटामिन ‘ए’ले बालबालिकाको आँखाको दृष्टि सुधार गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने र समग्र वृद्धि विकासमा सहयोग गर्ने बताइएको छ। यस्तै, जुकाको औषधिले पेटका किरा हटाई कुपोषण, रगतको कमी, पेट दुख्ने तथा झाडापखाला जस्ता समस्या कम गर्न मद्दत गर्छ।

नेपालमा भिटामिन ‘ए’ कार्यक्रम वि.सं. २०५० मा सुरु भई २०५९ देखि देशभर लागू गरिएको हो भने जुकाको औषधि कार्यक्रम वि.सं. २०५६ मा सुरु भई २०६७ देखि सबै जिल्लामा विस्तार गरिएको हो। यो अभियान हरेक वर्ष कात्तिक र वैशाख महिनामा निःशुल्क रूपमा सञ्चालन गरिँदै आएको छ।

Loading...