कञ्चनपुरमा लागुऔषध नियन्त्रण अभियान: ३३४ जना पक्राउ, ठूलो परिमाणमा लागूऔषध बरामद

कञ्चनपुर- कञ्चनपुरमा गत वर्ष लागुऔषधसम्बन्धी मुद्दामा ३३४ जनालाई पक्राउ गरी कारबाही गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ परेकामध्ये ३०५ पुरुष र २९ महिला रहेका छन्।

वैशाखदेखि चैतसम्मको अवधिमा प्रहरीले ७५३ ग्राम खैरो हिरोइन, ३३ किलो ३६४ ग्राम चरेश र २ किलो ४२ ग्राम गाँजा बरामद गरेको छ। सो अवधिमा कुल २०१ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान तथा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीका अनुसार लागुऔषधको समस्या समाजमा गम्भीर रूपमा फैलिँदै गएको छ। उनका अनुसार खुला नेपाल–भारत सीमाका कारण लागुऔषधको अवैध ओसारपसार बढ्ने गरेको छ।

उनले नियन्त्रणका लागि प्रहरीसँगै स्थानीय समुदाय, अभिभावक, शिक्षक तथा टोल विकास समितिको पनि सक्रिय भूमिका आवश्यक रहेको बताए। साथै, सीमापार समन्वयमार्फत पनि नियन्त्रण प्रयास भइरहेको जानकारी दिए।

प्रहरीका तथ्याङ्कअनुसार आर्थिक वर्षभरि विभिन्न महिनामा क्रमशः २२ देखि ४९ जनासम्म पक्राउ परेका छन्। कञ्चनपुर कारागारमा रहेका कैदीमध्ये करिब ३५ प्रतिशत लागुऔषध मुद्दासँग सम्बन्धित रहेको समेत जनाइएको छ।

प्रहरीले नियन्त्रणसँगै सचेतना अभियानलाई पनि निरन्तर अघि बढाइरहेको छ।

Loading...