कैलालीमा औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्काउ अभियान तीव्र

कैलाली- कैलाली जिल्लामा औलो, कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्काउने (स्प्रे) अभियान तीव्र पारिएको छ। स्वास्थ्य कार्यालय कैलालीका अनुसार जोखिमयुक्त तथा प्रभावित क्षेत्रलाई लक्षित गर्दै सयौँ घरमा विषादी छिट्काउने कार्य सम्पन्न गरिएको छ।

अभियानअन्तर्गत टिकापुर, लम्कीचुहा, गौरिगंगा र गोदावरी नगरपालिका साथै जानकी, जोशीपुर, बर्दगोरिया र कैलारी गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको छ। हाल धनगढी उपमहानगरपालिकामा विषादी छिट्काउने कार्य जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

स्वास्थ्य कार्यालयका सूचना अधिकारी मिन बहादुर धामीका अनुसार औलो, कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि उच्च जोखिम क्षेत्रलाई प्राथमिकतामा राखी अभियान सञ्चालन गरिएको हो। उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म औलो तथा कालाजारका बिरामी भेटिएका स्थान वरपर विशेष रूपमा विषादी छिट्काउने कार्य भइरहेको छ।

सरकारले सन् २०२८ भित्र कालाजार उन्मूलन र सन् २०३० सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ। उक्त लक्ष्य प्राप्तिका लागि परीक्षणको दायरा विस्तार, रोग पहिचान, तथ्यांक संकलन, समयमै उपचार तथा केस–बेस सर्भिलेन्सलाई प्राथमिकतामा राखिएको छ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कैलालीमा १३३ जनामा औलो संक्रमण पुष्टि भएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा २३१ र २०८०/८१ मा १३५ जनामा संक्रमण देखिएको थियो। यस्तै, कालाजारका बिरामी सन् २०२४ मा ११, २०२५ मा ७ र २०२६ मा १ जना फेला परेका छन्।

बर्षेनि औलो र कालाजारका केस देखिँदै जाँदा उन्मूलन लक्ष्य हासिल गर्न चुनौती थपिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। यही चुनौतीलाई सम्बोधन गर्न जिल्लामा विषादी छिट्काउ अभियानलाई अझ प्रभावकारी बनाइएको छ।

Loading...