कैलाली प्रहरीमा चैत महिनामै २०३ अपराध दर्ता, आर्थिक अपराध सबैभन्दा बढी

कैलाली-  जिल्ला प्रहरी कार्यालय कैलालीले चैत महिनाभर जिल्लामा भएका अपराध, शान्ति सुरक्षा तथा प्रहरी गतिविधिको प्रगति विवरण सार्वजनिक गरेको छ।

Ganyapdhura gau

प्रहरीका अनुसार सो अवधिमा कुल २०३ वटा विभिन्न प्रकृतिका अपराध दर्ता भएका छन्। सबैभन्दा बढी संगठित तथा आर्थिक अपराध ९३ वटा रहेका छन्। त्यसपछि सामाजिक अपराध २६, ज्यानसम्बन्धी १८, महिला तथा बालबालिका सम्बन्धी १८, सवारी ज्यान १४, आत्महत्या २८ र अन्य २ वटा मुद्दा दर्ता भएका छन्।

Navadurga sun
Godawari sandesh

जघन्य तथा गम्भीर अपराधअन्तर्गत कर्तव्य ज्यान १, हातहतियार २, बैंकिङ कसुर ३०, जुवा–तास ५ र ठगी १७ घटना दर्ता भएका छन्।

प्रहरीले सो अवधिमा १९२ जना प्रतिवादी पक्राउ गरेको छ भने ५८ जना अझै फरार रहेको जनाएको छ। ९४ पेण्डिङ मुद्दामध्ये ४ वटा फर्छ्यौट गरिएको छ। फैसला कार्यान्वयनतर्फ ६९ जना पक्राउ गरी १५ वर्ष कैद र ७ लाख ६७ हजार ५१५ रुपैयाँ जरिवाना असुल गरिएको छ।

Dadeldhura hospital

घरेलु हिंसाका ३५ उजुरीमध्ये अधिकांश मिलापत्र भएका छन् भने अदालतमा मुद्दा नपठाइएको जनाइएको छ। हराएका ५४ जनामध्ये ५५ जना फेला पारिएको प्रहरी तथ्यांकमा उल्लेख छ।

लागूऔषध नियन्त्रणतर्फ ३७ मुद्दा दर्ता भई ५४ जना पक्राउ परेका छन्। प्रहरीले गाँजा, चरेश, खैरो हिरोइन र ट्याबलेट बरामद गरेको छ। आत्महत्याका २८ घटनामध्ये धेरैजसो झुण्डिएर भएको जनाइएको छ।

चैत महिनामा प्रमुख घटनामध्ये कर्तव्य ज्यान १, ज्यान मार्ने उद्योग ५, आत्महत्या २५, लागूऔषध ३७, बैंकिङ कसुर ३० र साइबर अपराध २ वटा रहेका छन्।

यस अवधिमा प्रहरीले २३९ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ६ हजारभन्दा बढी नागरिकलाई सचेत गराएको छ। शान्ति सुरक्षाका लागि ४,२०९ पटक प्रहरी परिचालन गरिएको र २१ वटा आन्दोलनमा प्रहरी खटिएको थियो।

त्यस्तै ७५ सवारी दुर्घटनामा ११ जनाको मृत्यु र १०४ जना घाइते भएका छन्। राजस्व चुहावट नियन्त्रणतर्फ करिब ५२ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको छ भने १,६५३ लिटर अवैध मदिरा नियन्त्रणमा लिइएको छ।

प्रहरी प्रवक्ता योगेन्द्र तिमिल्सिनाले अपराध नियन्त्रण, अनुसन्धान र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गरिएको र जनचेतनामूलक कार्यक्रमले सकारात्मक प्रभाव देखिएको बताएका छन्।

Couple
Loading...