मेसको छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृत्यु

धनगढी- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

सरसफाइ गर्ने क्रममा बिहीबार गणको मेसको माथिल्लो तला (छत) बाट खसेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भएका २७ वर्षीय प्रहरी कार्यालय सहयोगी अजय चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बिहीबार बिहान ८ बजेतिर मेशको भान्साको माथिल्लो तलाको छतमा सरसफाइ गर्ने क्रममा खसेर बेहोस भएका चौधरीको शुक्रबार मृत्यु भएको बताए ।

चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियोे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Couple
Loading...