धनगढीमा संघीय निर्णयविपरीत भर्ना अभियान सुरु गर्ने तयारी

धनगढी- धनगढी उपमहानगरपालिकाले संघीय सरकारको निर्णयलाई नमान्दै विद्यालय भर्ना अभियान चाँडै सुरु गर्ने भएको छ। उपमहानगरका मेयर गोपाल हमाल ले बिहीबार सूचना जारी गर्दै वैशाख ४ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्।

Dadeldhura hospital

संघीय सरकारअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले यसअघि वैशाख १५ गतेदेखि भर्ना र वैशाख २१ गतेदेखि पठनपाठन सुरु गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको थियो। तर धनगढीमा स्थानीय सरोकारवालाको सुझावका आधारमा फरक निर्णय गरिएको हो।

godawari10 Mahila hinsa
Navadurga sun

उपमहानगरपालिकाका अनुसार ढिलो भर्ना गर्दा विद्यार्थीको पढाइ प्रभावित हुने, वार्षिक कार्यघण्टा नपुग्ने र शिक्षाको गुणस्तरमा कमी आउने चिन्ता व्यक्त गरिएको छ। सोही आधारमा नगर शिक्षा समितिको बैठकले वैशाख ४ देखि ११ गतेसम्म भर्ना अभियान र वैशाख १४ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको हो।

यस निर्णयसँगै धनगढीका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई नयाँ तालिका अनुसार काम गर्न निर्देशन दिइएको छ।

Loading...