सुदूरपश्चिमका ७ जिल्लामा खेलकुद अध्यक्ष नियुक्त

धनगढी- सुदूरपश्चिम प्रदेशका सात जिल्लामा जिल्ला खेलकुद समितिका नयाँ अध्यक्ष नियुक्त गरिएको छ । प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

Dadeldhura hospital

बैठक सामाजिक विकासमन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको थियो । परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार कैलाली, कञ्चनपुर, बैतडी, अछाम, बझाङ, बाजुरा र डडेल्धुरा जिल्लामा अध्यक्ष नियुक्त गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

नियुक्त भएका अध्यक्षहरूमा कैलालीमा दिनेश भण्डारी, कञ्चनपुरमा ज्ञानेन्द्र सिंह, बैतडीमा भुपेन चन्द, अछाममा गोकुलबहादुर शाह, बझाङमा कमलबहादुर सिंह, बाजुरामा कोपिलाकुमारी सिंह र डडेल्धुरामा जगतबहादुर ऐर रहेका छन् । राजनीतिक भागबण्डाका आधारमा गरिएको नियुक्तिमा बैतडीका भुपेन चन्द र बाजुराकी कोपिलाकुमारी सिंह एमालेको कोटाबाट चयन भएका छन् भने बाँकी पाँच जिल्लाका अध्यक्ष कांग्रेस को सिफारिसमा नियुक्त गरिएको जनाइएको छ ।

नवनियुक्त अध्यक्षहरूलाई चार वर्षे कार्यकालका लागि जिम्मेवारी दिइएको परिषद्ले जनाएको छ । यसअघि नै डोटी र दार्चुला जिल्लामा अध्यक्ष मनोनयन भइसकेका छन् । प्रदेशमा खेलकुद क्षेत्रलाई सुदृढ बनाउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै, राजनीतिक भागबण्डाको प्रभावबारे पनि विभिन्न कोणबाट बहस सुरु भएको छ ।

Loading...