कञ्चनपुरमा बढ्न थाले महिलामाथि हिंसाका घटना

कञ्चनपुर, १ कार्तिक- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन्। ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ। “सेफ हाउसमा अधिकांश महिला मदिरा सेवन गरी श्रीमानले हिंसाको समस्या लिएर पुग्ने गर्दछन् सेफ हाउसका मनोविर्मसकर्ता द्वारिका कुवरले भने, “कुटपिट गर्ने, गालीगलौच गर्ने, मानसिक प्रताडनामा पार्नेलगायतका कार्य महिलामाथि हुने गरेको पाइएको छ।” उनका अनुसार महिलामाथि शङ्का उपशङ्का गरी कुटपिट र वादविवाद भई महिलालाई प्रताडना गर्ने गरिएको छ। हिंसा पीडित २८१ महिलालाई सेफ हाउसबाट सेवा प्रदान गरिएको छ।

Dadeldhura hospital

ती मध्ये महिला २७६ र बालिका पाँच छन्। प्रहरीसँग सहकार्य गरी ५० महिलालाई न्याय प्रदान गरिएको छ। सेफ हाउसमा पुगेका उजुरीमा घरेलु हिंसाका ७८, जबर्जस्ती करणीका छ, कुटपिटका ५५, बहुविवाहका १७, बादविवादका ३०, चरिचरनका २०, जालसाजीका १०, भिडासानीका तीन र बालविवाहका ३० छन्।

Navadurga sun
Godawari sandesh

त्यसैगरी अलपत्र परेका १२ व्यक्तिको उद्धार गरी सम्बन्धित निकायमा पुर्‍याइएको छ। सेफ हाउसमा पीडित भई पुगेका २० महिलालाई मनोविर्मश सेवासमेत प्रदान गरिएको छ। गत साउन, भदौ र असोजमा गरी ५० महिलामाथि हिंसाका घटनाका उजुरी सेफ हाउसमा आएका बताइएको छ।

सेफ हाउस सञ्चालन समितिका अध्यक्ष पुष्पा केसीले भने, “प्राप्त धेरै उजुरीमा प्रहरीसँग सहकार्य मिलापत्र गराइँदै आएको छ। जबर्जस्ती करणी, बालविवाह, बहुविवाहलगायतका उजुरी न्यायिक निकायमा पुर्‍याइ पीडितलाई न्याय दिलाउने काम हँुदै आएको छ।” उनका अनुसार केही उजुरीमा महिलाबाट पुरुषसमेत पीडित रहेको पाइएको छ। (रासस)

Loading...