किसानको धानबालीमा जङ्गली हात्तीका बथानले क्षति पुर्यायाे

कञ्चनपुर, १ कार्तिक– गएराति शुक्लाफाँटा नगरपालिका वडा नं. २ गुल्लरपट्टिका किसानको धानबालीमा जङ्गली हात्तीका बथानले  क्षति पुर्याएको छ। चुरे क्षेत्रबाट बस्तीमा छिरेको हात्तीका बथानले खेतबाट काटेर घरमै कुन्यू बनाएर राखेको नलैसहितको धान खाएर क्षति पुर्याएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

उनले भने दश कठ्ठा जग्गामा लगाइएको धानबाली काटेर घरमै थ्रेसिङ गर्न ल्याएका थियौं । हात्तीका बथानले पूरै धानका बाला खाई दिँदा ठुलाे नाेक्सान गरेकाे स्थानीय किसान राजकुमार चौधरीले बताए ।

Navadurga sun
Godawari sandesh

उनका अनुसार खेतमा उत्पादन भएको धानले पूरै परिवारका लागि वर्षभर खान पुग्थ्यो। हात्तीले सबै खाएकाले धान खरिद गरेर परिवार पाल्नुपर्ने भएको छ। छ देखि नौको संख्यामा रहेको हात्तीका बथानले पाँच परिवारको झण्डै डेढ विघा जग्गाको धानबाली खाएर नोक्सानी पुर्याएको छ। यसैगरी हात्तीका बथानले वडा नं. ११ का हिरा सिंह घटाल, दानबहादुर ऐर, कौशिला जोशीको धानबालीसँगै मनोज बिष्टको केरा बारी, सिद्धभीम आर्दश आधारभूत विद्यालयको घेरवारका साथै वडा नं. ३ का किसानले लगाएको तरकारी बालीमा समेत क्षती पुर्याएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए।

धान खाए पछि हात्तीको बथान नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ लागेको स्थानीय बासिन्दाको भनाइ छ।

Couple
Loading...