सुदूरपश्चिम प्रदेशसभामा दुई विधेयक समितिमा पठाइए

धनगढी- सुदूरपश्चिम प्रदेशसभाले “आमसञ्चार सम्बन्धी विधेयक” लाई विधायन तथा प्रदेश मामिला समितिमा र “जीवनाषक विषादी व्यवस्थापन विधेयक” लाई सामाजिक विकास समितिमा दफावार छलफलका लागि पठाएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

दुबै प्रस्ताव आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले पेस गरेका थिए र सर्वसम्मतिले स्वीकृत भएका छन्। त्यस्तै, दुई प्रदेशसभा सदस्यहरूको समितिमा हेरफेर गरिएको छ।

Navadurga sun
Godawari sandesh

प्रकाशबहादुर देउवालाई सार्वजनिक लेखा समितिबाट सामाजिक विकास समितिमा र खुशीराम डगौरालाई सामाजिक विकास समितिबाट सार्वजनिक लेखा समितिमा सारिएको छ।

Couple
Loading...