आज देशभर थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३१ असाेज- आज देशभर ३९१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

देशभर ८ हजार ७७ जनाको नमूना परिक्षण गर्ने क्रममा ६ हजार ९६६ नमूनाको पिसिआर तथा एन्टीजेन विधिबाट १ हजार १११ को परिक्षण गर्दा ३९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

गत २४ घण्टामा ६८० जना मानिस कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै ७ लाख ८१ हजार ४५६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय ८४ पुगेको छ ।

देशभर हाल १२ हजार २९७ सक्रिय सङ्क्रमित रहेका छन् जसमध्ये ११ हजार २७८ जनाको होम आइसोलेसनमा, १ हजार १९ जनाको संस्थागत आईसोलेसनहरुमा, २९९ जनाको आई सी यु कक्षमा र ९८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Loading...