श्रीमानको हत्याकाे आराेपमा श्रीमती सहित ४ जना पक्राउ




धनगढी, ३१ असाेज- धनगढीमा प्रेमीको सहयोगमा श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमती सहित ४ जनालाई पक्राउ गरेको छ।धनगढी उपमहानगरपालिका वडा नं. ७ का २५ वर्षीय रमेश चौधरीको हत्या भएको आरोपमा मृतककी श्रीमतीसहित ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो।



प्रहरीका अनुसार शुक्रबार साँझ घरबाट निस्किएका रमेश शनिबार बिहान घर नजिकको खुटिया खोलाको छेउमा रहेको चौरमा मृत अवस्थामा भेटिएका थिए।


रमेशकी श्रीमती र स्थानीय विष्णु चौधरीबीच प्रेम सम्बन्ध थियो। सोही विषयमा विवाद बढ्दै गएपछि प्रेमी विष्णुसंगै मिलेर श्रीमानको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।



