हर्क साम्पाङ द्वारा दार्चुलामा झोलुङ्गे पुल शिलान्यास, श्रमदानबाट निर्माण गरिने

दार्चुला- हर्क साम्पाङ दार्चुला पुगेका छन्। उनले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ दुम्लिङस्थित घट्टेखोलामा झोलुङ्गे पुलको शिलान्यास गरेका छन्। उक्त पुल महाकाली नदी नजिक भए पनि नेपालकै आन्तरिक खोलामा निर्माण गर्न लागिएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

महाकाली नदीमा पुल निर्माणको चर्चा भइरहेका बेला सीमा नजिकैको घट्टेखोलामा पुल शिलान्यास गरिएकोले यस विषयले ध्यान तानेको छ। स्थानीय तहका अनुसार सो स्थानमा यसअघि काठे पुल रहेको थियो।

Navadurga sun
Godawari sandesh

साम्पाङको टोलीले श्रमदानमार्फत पुल निर्माण गर्ने योजना अघि सारेको जनाएको छ। कार्यक्रममा उनले राजनीति भन्दा माथि उठेर दार्चुलाबासीलाई राहत दिन आफू लागिपरेको बताएका छन्। साथै, समस्या समाधानका लागि आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

Couple
Loading...