मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु




टीकापुर, ३१ असाेज– कैलालीमा मोटरसाईकल अनियन्त्रित हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । जिल्लाको टीकापुर नगरपालिका वडा नं. २ विकास टोलमा से६प १९३१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।



दुर्घटनामा परी टीकापुरनगरपालिका वडा नं.वडा नं.वडा नं.वडा नं.वडा नं.वडा नं.वडा नं.वडा नं.वडा नं.वडा नं.वडा नं.वडा नं.वडा नं.वडा नं.वडा नं.वडा नं.वडा नं.वडा नं.वडा नं. १ का १८ वर्षीय सुन्दर मगर र सोही ठाँउका १८ वर्षीय केशव मगरको मृत्यु भएको छ भने १९ वर्षीय आशिष मगर घाईते भएका छन्।


टिकापुरको पार्कमोड देखी सितापुरजाने क्रममा मोटर साईकल अनियन्त्रित भएर कल्भर्टमा ठोक्किँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
तीनै जनालाई टीकापुर अस्पतालमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रिफर गरिएको र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते आशिषको उपचार भइरहेको छ।



