दैजी–लिप्ना सडक ढिलाइविरुद्ध मुख्यमन्त्री कार्यालय अगाडि लास आन्दोलन

धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि “लास आन्दोलन” गरिएको छ। यो आन्दोलन बोलन्या थली नामक संस्थाले आयोजना गरेको हो। दैजी–लिप्ना–जोगबुढा सडक निर्माणमा लामो समयदेखि भइरहेको ढिलाइको विरोधमा यो खबरदारी गरिएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

संस्थाका संयोजक यादव जोशी का अनुसार, उक्त सडक १० वर्षदेखि अधुरो अवस्थामा रहेको छ, त्यसैले तत्काल निर्माण अघि बढाउन दबाब दिन आन्दोलन गरिएको हो।

Navadurga sun
Godawari sandesh

यो सडक निर्माणको जिम्मा नार्गाजुन कन्स्ट्रक्सन ले पाएको थियो। कञ्चनपुरको दैजीदेखि डडेल्धुराको सिमाना लिप्नासम्मको १२ किलोमिटर सडक बनाउन २०७४ साल वैशाख ८ गते २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा ठेक्का दिइएको थियो।

निर्माण कार्य २०७६ साल साउन ५ गतेसम्म सक्नुपर्ने भए पनि अहिलेसम्म पूरा भएको छैन। पाँच पटकसम्म म्याद थप्दा पनि काम सम्पन्न हुन सकेको छैन, र पछिल्लो म्याद समेत गत असारमै सकिएको थियो।

Couple
Loading...